१७ कार्तिक २०८३, मंगलबार

संघीय गठबन्धनले आज चावहिलमा प्रदर्शन गर्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

chabahil1

काठमाडौं, ९ जेठ । मधेशी र जनजाति समुदाय सम्मिलित २९ दलीय संघीय गठबन्धनले आज दिँउसो काठमाडौंको चावहिलमा विशाल विरोध प्रदर्शन गर्दैछ ।

गौलाशा र जोरपाटी दुई स्थानबाट एकैसाथ विशाल जुलूस सहित विरोध सभाका लागि आन्दोलनकारीहरु चावहिल चोकमा पुग्ने कार्यक्रम रहेको गठबन्धनले जनाएको छ ।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवं संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवले नेतृत्वमा गठबन्धनमा आबद्ध दलका प्रभावशाली नेताहरुले विरोध सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

संविधान पुनर्लेखनका लागि राजधानी केन्द्रीत आन्दोलनमा होमिएको संघीय गठबन्धनले हिजो स्वयम्भू चोकमा विरोध प्रदर्शन गरेको थियो ।

गठबन्धनको आन्दोलनमा पछिल्लो समय काठमाडौंको स्थानीय बासिन्दाको समेत सहभागिता बढ्दै गएपछि विरोध सभाहरु झन् प्रभावकारी हुँदै गएका छन् ।

chabahil

संघीय गठबन्धनमा मधेशी, आदिवासी जनजाति, दलित, महिला, मगरात, खम्बूवान, लिम्बूवान, खस समुदाय, नेवाः लगायतका दल तथा संगठन आबद्ध छन् ।

गठबन्धनले यसअघि सिंहरदरबार र बालुवाटार घेराऊको पहिलो चरणको कार्यक्रम गठबन्धनले सम्पन्न गरिसकेको छ ।

लगत्तै दोस्रो चरण कार्यक्रम अन्तर्गत काठमाडौं केन्द्रीत नै आन्दोलनलाई प्राथमिकता दिएको पहिचान पक्षधर २९ दलीय गठबन्धनले ललितपुरको मंगलबजार र नयाँ बानेश्वरमा विरोध सभा गरिसकेको छ ।

जेठ ५ गते गठबन्धनको निर्णय अनुसार काठमाडौं १० प्रमुख स्थानमा विरोध सभा गरिने छ, जसमध्ये ललितपुरको मंगलबजार, नयाँ बानेश्वर र स्वयम्भूमा गठबन्धनले विरोध सभा सम्पन्न गरिसकेको छ ।

गठबन्धनले जारी रहेको आन्दोलनलाई संविधान पुनर्लेखन गरी बहिष्करणमा पारिएका समुदायहरुको मुद्दालाई सम्बोधन नगरुन्जेलसम्म आन्दोलन निरन्तर रुपमा जारी नै राख्ने जनाएको छ ।