१७ कार्तिक २०८३, मंगलबार

बसको ठक्करबाट मोटरसाइकल चालक घाइते

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sankhuwasabha-mapसंखुवासभा, ९ जेठ । जिल्लाको चैनपुर नगरपालिका ९ मा मोटरसाइकलले ठक्कर दिंदा एक जना घाइते भएका छन् ।

चैनपुरबाट वानातर्फ जादै गरेको ना. ३ ख ८११ नम्बरको बसले को १९ प ८५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलका चालक चैनपुर १० बस्ने १५ वर्षिय विपिन श्रेष्ठको दाहिने खुट्टा भाचिएको हो ।

श्रेष्ठलाई उपचारका लागि चैनपुरस्थित स्वास्थ्य केन्द्र लगिएको छ भने बस तथा चालकलाई इलाका प्रहरी कार्यालय चैनपुरले नियन्त्रणमा लिएको छ ।