धादिङ, ९ जेठ । धादिङ्ग जिल्लाको बैरेनी– ९ स्थित गर्दाखोलामा गुडीरहेको बसबाट हामफाल्दा दाङ घर भएका ४५ वर्षीय सुइरे बिकको मृत्यु भएको छ ।
शनिबार राति ९ बजे ना ६ ख ९२५ नम्बरको गुडिरहेको बसबाट दाङ्ग जिल्ला बिजौरी घर भएका बिकले बसबाट हामफालेको प्रहरीले जनाएको छ ।
बसबाट हामफालेका बिकको मानसिक सन्तुलन ठीक नभएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
बस र बसका चालकलाई प्रहरी चौकी बैरेनीले नियन्त्रणमा लिएको छ । घटनाका समबन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया