१७ कार्तिक २०८३, मंगलबार

ट्याक्टर ड्राइभरले अर्काकी श्रीमतीको हात समातेपछि…

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rapसर्लाही, ८ जेठ । सर्लाहीमा एक पुरुषले महिलामाथि यौन दुर्व्यवहारको प्रयास गरेका छन् ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बेलवा गाबिस–५ बस्ने ३० वर्षीया महिलालाई दुव्र्यवहार गरेको अभियोगमा गडहिया गाबिस–२ बस्ने ना.४ त ९५४२ नम्बरको ट्याक्टरका चालक रामबाबु यादवलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

आफ्नै घरमा सुतिरहेकी ती महिलालाई घरमै गएर यादवले हात समाउन खोज्दा महिलाले हल्ला गरेपछि स्थानीयबासीले नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरेकोले यादवलाई ट्याक्टरसहित प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको छ ।