१७ कार्तिक २०८३, मंगलबार

चट्याङ लागेर श्रीमतीको मृत्यु, श्रीमानको अवस्था गम्भीर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

chatyangaउदयपुर, ८ जेठ । उदयपुर जिल्लाको पश्चिमी पहाडी गाविस मयङ्खु–४ मा शुक्रबार बेलुकी परेको चट्याङ लागेर एक परिवारको श्रीमतीको मृत्यु भएको छ भने श्रीमानको अवस्था गम्भीर रहेको छ ।

शुक्रबार साँझ ७ बजे परेको चट्याङको कारण मृत्यु हुनेमा मयङ्खु–४ को २४ वर्षीय अमृता विक रहेकी छिन् भने गम्भीर घाइते हुनेमा उनकै श्रीमान् ३० वर्षीय हेम विक रहेको इलाका प्रहरी कार्यालय कटारीले बताएको छ। चट्याङ लागेर गम्भीर घाइते भएका विक श्रीमान् श्रीमतीलाई उपचारका लागि राति कटारी अस्पताल ल्याएपछि अमृताको उपचारका क्रममा मृत्यु भएको हो ।

यस्तै श्रीमान् हेम विकको हाल कटारी अस्पतालमा उपचार भइरहे पनि उनको स्वास्थ्य अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय कटारीका प्रहरी निरीक्षक मदन गिरीले बताए । रासस