१७ कार्तिक २०८३, मंगलबार

पहारी भन्छन्- नेबिसंघ र तरुण दल भ्रष्टाचारी नेताहरुको ‘पुच्छर’ बन्नु दुःखद

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rajib-Pahari-Lamjung

लमजुङ, ७ जेठ । युवा संघ नेपालका अध्यक्ष राजिब पहारीले भ्रष्टाचारीको पक्ष पोषण गर्ने नेपाली कांग्रेसले सुशासनको कुरा गर्नु हास्यास्पद भएको बताएका छन् ।

लमजुङ कृषि क्याम्पस सुन्दर बजारमा आज वृहत विद्यार्थी भेलालाई सम्बोधन गर्दै अध्यक्ष पहारीले ५ बर्ष जेलमा बसी भ्रष्टाचारको पर्यायवाची बनेका खुम बहादुर खड्कालाई माला लगाएर बजार परिक्रमा गर्नेहरुले देश परिवर्तन गर्न नसक्ने ठोकुवा गरे ।

नेबि संघ र तरुण दल भ्रष्टाचारी नेताहरुको पुच्छर बन्नु युवा पुस्ताको लागि दुःखद भएको उनको भनाई थियो ।

हजारौ युवा विद्यार्थी सहभागी कार्यक्रममा उनले अबको शिक्षालाई श्रम र सीपसँग जोड्नुपर्नेमा जोड दिए । रोबर्टको बैज्ञानिक जमानामा ढुङे युगको नेपाली कांग्रेसको चेतना देश बिकासको लागि बाधक भएको उनले आरोप लगाए ।

नेपाली कांग्रेसका केही लैनचौर (भारतीय दूतावास) प्रेमी नेतातर्फ संकेत गर्दै अध्यक्ष पहारीले उमेर र क्यारियर भएकाहरुलाई बेलैमा सुध्रिएर एमाले बन्न आग्रह गरे ।

कार्यक्रममा युवा संघ केन्द्रिय सदस्य फत्त गुरुङ युवासंघ गण्डकी उपाध्यक्ष महेन्द्र गुरुङ लगायतले मन्तब्य राखेका थिए ।