१ कार्तिक २०८३, आइतबार

धुर्मुस-सुन्तलीलाई रेखा थापाको साथ (फोटो र भिडियो)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rekha Thapa Dhurmus Suntali 1 (5)

काठमाडौं । गिरान्चौर एकीकृत बस्ती निर्माणका लागि नायिका रेखा थापाले धुर्मुस सुन्तलीलाई आर्थिक सहयोग गरेकी छिन् ।

धुर्मुस सुन्तली फाउण्डेशनको कार्यालयमै पुगेर उनले एक लाख रुपैँया सहयोग हस्तान्तरण गरेकी हुन् । सम्पूर्ण कला जगतको प्रतिनिधित्व गर्दै धुर्मुस सुन्तलीले गरेको काममा सानो सहयोग गरेको नायिका थापाले बताएकी छिन् ।

आफ्ना थुप्रै फ्यानले धुर्मुस सुन्तलीको काममा सहयोग गर्न आग्रह गरेकाले पनि गिरान्चौर निर्माणका लागि सकेको आर्थिक सहयोग गरेको उनको भनाई छ ।

Rekha Thapa Dhurmus Suntali 1 (1)

गिरान्चौर एकिकृत बस्ती बनाउने अभियान कला जगत सबैको साझा अभियान भएकाले सकेको सहयोग गर्नु आफ्नो कर्तव्य भएको नायिका थापाले बताएकी छिन् । धुर्मुस सुन्तलीको कामको अहिले चौतर्फी प्रशंसा भइरहेकाले अझै प्रसंशा बटुल्नका लागि अझै राम्रो काम गर्नका लागि समेत धुर्मुस सुन्तली फाउण्डेशनलाई उनले शुभेच्छा प्रकट गरेकी छिन् ।

Rekha Thapa Dhurmus Suntali 1 (4)

सहयोग रकम बुझ्दै फाउण्डेशनकी कोषाध्यक्ष कुञ्जना घिमिरे (सुन्तली)ले रेखा थापाले गरेको सहयोग सम्पूर्ण फिल्मी क्षेत्रले गरेको सहयोग र समर्थनको रुपमा लिएको प्रतिक्रिया दिएकी छिन् ।

सामाजिक काममा लाग्न रेखा थापा फाउण्डेशनले गरेको सामाजीक कामले पनि आफुहरुलाई निकै प्रेरित गरेको उनले बताएकी छिन् ।

हेर्नुस् भिडियोः