काठमाडौँ, ७ जेठ । प्युठान र भोजपुरमा कुटपीटबाट दुई जनाको मृत्यु भएको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार प्युठान रष्पुरकोट–४ र पकला–२ जोड्ने निर्माणाधिन पक्की पुलमा काम गर्ने दाङ घोराही नगरपालिका–६ बस्ने ३६ बर्षीय केशब मल्लको कुटपिटबाट मृत्यु भएको हो ।
उनलाई विहिबार राति सोही नगरपालिका–११ बस्ने २२ बर्षीय धिरेन्द्र शाहले कुटपिट गर्दा गम्भीर घाइते भएकोले जिल्ला अस्पताल बिजुवार लगिएकोमा उपचारको क्रममा मृत्यु भएको थियो । प्रहरीले कुटपिट गर्ने शाहलाई पक्राउ गरी यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
यसैगरी भोजपुर खैराङ–५ बस्ने २७ बर्षीय बिरेन्द्र राईको कुटपिटबाट मृत्यु भएको छ ।
खैराङ–४ बस्ने थामध्वज राईको छोराको बिहेमा गएको अवस्थामा उनलाई विहिबार अपरिचित ब्यक्तिहरुले कुटपिट गर्दा टाँउकोमा गहिरो चोट लागेकोले घोडेटार पोलिक्लिनिकबाट शुक्रबार थप उपचारको लागी धरान घोपा अस्पतालतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।
घटनाका शंकास्पद होमटाङ्ग–४ बस्ने २९ बर्षीय प्रताप राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने अन्य फरार अभियुक्तको खोजतलास गर्नुको साथै आवश्यक अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया