काठमाडौं । गायिका विन्दु परियार पछिल्लो दिन अलि व्यस्त छिन् । उनले आधुनिक गीतहरूमा स्वर दिन व्यस्त भएकी हुन् । थुप्रै गीतहरूमा स्वर दिएकी विन्दुले पछिल्लो पटक रचनाकार लोकराज अधिकारीको गीतमा स्वर दिएकी छिन् ।
लोकराजको गीतबाट विन्दुले धेरै आशा बोकेकी छिन् । नेपाली चलचित्रहरूमा पनि गीतगाइ सकेकी उनले अरु गीत रेकर्ड गराइ रहेकी छिन् ।
आफ्नो कामको प्रसंशाले गीत गाउन पाउने गरेको विन्दुले बताइन् । ‘सबै प्रकारका गीत गाउन सक्छु’, उनले भनिन्, ‘धेरै जसो आनुनिक सदाबहार गीतमा स्वर दिएकी छु । नेपाली फिल्मका गीतमा पनि स्वर दिएकी छु ।’
रेखा थापाले निर्माण गरेको ‘काली’ फिल्ममा विन्दुले गाएको गीतको त्यति बेला पनि धरै चर्चा चलेको थियो ।
अहिले पनि गायिका विन्दुले दैनिक सरह गीत रेकर्ड गराउने गरेकी छिन् । ‘गीत गाउने अफर आइरहेका छन्’, उनले भनिन्, ‘काम आउँदा गर्नुपर्छ ।’ गीतको रचना, शब्द र संगीतलाई पनि आजकाल विन्दुले ध्यान दिने गरेकी छिन् ।
‘जस्तोपायो त्यस्तो गीत गाउँदा स्रोतालाई मन नपर्न सक्छ’, गायिका विन्दुले भनिन्, ‘अब गीतलाई स्तरीय बनाउनका लागि गायक/गायिकाले पनि ध्यान दिनुपर्छ ।’ सामान्य परिवारबाट गीत/संगीतको क्षेत्रमा प्रवेश गरेकी विन्दुलाई अहिले अधिकांस संगीतकारले चिन्छन् । र काम पनि दिने गरेका छन् ।















प्रतिक्रिया