काठमाडौं, ६ जेठ । हिन्दु युवा जनशक्ति संघ नेपालका अध्यक्ष विकास ठाकुर माओवादी पार्टी एकता गरेकै दिन प्रचण्डलाई जेल हाल्नुपर्ने बताएका छन् ।
१० बर्षे जनयुद्ध पछि विभिन्न टुक्रामा विभाजित भएका माओवादीहरुले अचानक एकता गर्नु पछाडिको रहस्य खोल्दै उनले प्रचण्डलाई जेल हाल्नु पर्ने बताएका हुन ।
विहीबार उनले आफनो सामाजिक सञ्जालमा लेखेका छन्– ‘जनयुद्धको नाममा १७ हजार निर्दोष नेपाली जनतालाई मारेर शासनसत्तामा पहुँच बनाउन सफल तत्कालीन नेकपा माओवादी टुक्रा टुक्रामा बिभाजित भएर समय समयमा बिभिन्न एजेण्डाहरु उठाएर जनतालाई दुख दिनु बाहेक अरु केही गरेन् । जनयुद्धको मुद्दाहरुलाई ब्युत्याउन सम्मानीय सर्बोच्च अदालतको सक्रियता पछि एकाएक माओवादीहरु एक भएका छन् ।’
उनले अगाडि लेखेका छन्- ‘प्रचण्डजी, जत्ति नै एकता गर्नुस तर तपाईले सजाय पाउने निश्चित छ । भगवानले सबै हेरिरहेका हुन्छन । भगवानले १७ हजार निर्दोष जनतालाई अबश्य पनि न्याय दिनेछन् र तपाई ‘हत्यारा’लाई सजाय अबश्य दिनेछन् ।’














प्रतिक्रिया