१७ कार्तिक २०८३, मंगलबार

बाटोबाटै तेल चोर्ने ३ जना ईन्धनको ट्याङ्करसहित पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Oil-tankar-1पर्सा, ६ जेठ । तेल चोर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बीरगंज उपमहानगरपालिका–२० स्थित अलौ भन्ने स्थानमा नवनिर्मित सुखा बन्दरगाह इन्टेग्रेटेड चेकपोष्ट निर्माण कार्यको लागि नेपाल सरकारबाट भंसार महसुल सुबिधा जाँच पास गराई डब्ल्यु बी ५३ डी ८४१६ नम्बरको ट्याङ्करद्वारा पैठारी गरिएको १२ हजार लिटर डिजल सम्बन्धित स्थानमा नलगी सोही ठाउँस्थित श्रीराम पेट्रोल पम्पमा लगी खन्याइरहेको अवस्थामा ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा पर्सा बीरगंज उपमहानगरपालिका–२० बस्ने श्रीराम पेट्रोल पम्पका संचालक २९ वर्षीय प्रदीप यादब, भारत झारखण्ड जिल्ला देवघर मधुपर नगरपालिका–१० बस्ने आइसिपीका खरीद ब्यबस्थापक २९ वर्षीय नितिनकुमार डालमिया र बिहार जिल्ला बेगु सराय ग्राम पन्चायत मोसादपुर थाना बरौनी बस्ने ३२ वर्षीय ट्याङ्कर चालक धमेन्द्र साह रहेका छन् ।

उक्त पेट्रोल पम्पमा डिजल खनाएको भन्ने सूचनाको आधारमा खटिई गएको प्रहरीले उनीहरुलाई ट्याङर सहित पक्राउ गरेको थियो ।

उनीहरुलाई कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ बमोजिम कारबाही भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।