३१ आश्विन २०८३, शनिबार

इक्वेडरको शक्तिशाली भूकम्पमा एकको मृत्यु, ८५ घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Equador-earthquake

इक्वेडर, ६ जेठ । इक्वेडरमा बुधबार गएको दुई वटा शक्तिशाली पराकम्पनमा परी एक व्यक्तिको मृत्यु हुनुको साथै अन्य ८५ जना घाइते भएका छन् ।

इक्वेडरका राष्ट्रपति राफेल कोरियाले बुधबार गएको भूकम्पपछिको एक पत्रकार सम्मेलनमा यस भूकम्पमा परी एक व्यक्तिको मृत्यु हुनुको साथै अन्य ८५ जना सामान्य घाइते भएका बताउनुभएको छ ।

इक्वेडरमा एक महिना अगाडि गएको ७.८ रिक्टरको भूकम्पपछि बुधबार पुनः ६.८ र ६.७ रिक्टर स्केलको अर्को ठूला भूकम्प गएको थियो ।

गत अप्रिल १६ मा गएको उक्त भूकम्पमा परी करिब ७०० व्यक्तिको मृत्यु भएको इक्वेडरका राष्ट्रपति राफेल कोरियाले बताउनुभएको छ ।

स्थानीय समयाअनुसार बुधबार बिहान २ः५७ र ११.५७ मध्याह्नमा गएको यस भूकम्पहरु क्रमशः ६.८ र ६.७ को रिक्टर स्केलको मापन गरिएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था र इक्वेडर राष्ट्रिय भूगर्भिय संस्थाले पनि जानकारी दिएको छ ।

यस दक्षिण अमेरिकी राष्ट्रमा भूकम्पपछि सुनामीको चेतावनी भने दिइएको छैन् । इक्वेडरमा अप्रिल १६ मा गएको भूकम्पको कारण घरवारबिहिन भएका २९ हजार व्यक्ति अझै शरणार्थी स्थलमा बस्दै आएका छन् । रासस