१७ कार्तिक २०८३, मंगलबार

काठमाडौंमा तात्यो नेविसंघ, कालोबजारी र मंहगीविरुद्ध प्रदर्शन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nebi-sang-ktm-2

काठमाडौं, ६ जेठ । विपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले सरकारविरुद्ध राजधानीमा सडक प्रदर्शन गरेको छ ।

विहीबार संघको काठमाडौं शाखाले प्रदर्शनीमार्ग स्थित विश्वभाषा क्याम्पसबाट प्रदर्शन सुरु गरी विरोध र्याली पुतली सडक, बागबजार, हुँदै रत्नपार्कमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभामा बोल्दै नेविसंघका प्रवक्ता यूपी लामिछानेले सरकार आफैले कालाबजारी गर्नेको संरक्षण गरेर बजारमा उपभोग्य सामग्रीको मूल्य बढाएको भन्दै त्यसका विरुद्ध आफूहरु सडक प्रदर्शनमा आएको बताए ।

उनका अनुसार नेविसंघले जेठ १० गते विहान ८ बजे खाली र जार लिएर कालाबजारी र महंगीविरुद्ध प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गर्नेछ ।

nebi-sang-ktm nebi-sang-ktm-1 nebi-sang-ktm-3