१७ कार्तिक २०८३, मंगलबार

आफ्नै छोरालाई धारिलो हतियार प्रहार गर्ने बाबु पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jail Pakrauबर्दिया, ६ जेठ । बर्दियामा एक पुरुषले आफ्नै छोरामाथि धारिलो हतियार प्रहार गरेका छन् ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार आफ्नै छोरालाई धारिलो हतियार प्रहार गर्ने राजापुर नगरपालिका–१५ कोईली बस्ने ३८ बर्षीय जक्कु थारुलाई प्रहरीले पक्राउ गरेको छ ।

मादक पदार्थ सेवन गरेका थारुले विहबार विहान १९ बर्षीय छोरा राजेश थारुलाई धारिलो हतियार (दाउ) प्रहार गर्दा गम्भीर घाइते भएकोले उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र राजपुरमा लगिएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।