३१ आश्विन २०८३, शनिबार

६९ यात्रु बोकेको इजिप्ट एयरको विमान हरायो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Egypt-Air-File-Photo

काठमाडौं, ६ जेठ । फ्रान्सको पेरिसबाट इजिप्टको कायरोका लागि उडेको एक इजिप्ट एयरको विमान हराएको छ ।

इजिप्टेली वायुसेवाका अनुसार उडान एमएस ८०४ मा १० जना चालक दलका सदस्य र ५९ यात्रु रहेका छन् । पूर्वी भूमध्यसागर क्षेत्रमाथिबाट हराउनु अघि सो विमान ३७ हजार फिटको उचाइमा उडिरहेको बताइएको छ ।

एक अधिकारीका अनुसार कायरोको स्थानीय समय अनुसार ०२ः४५ बजेबाट सो विमानको रेडारसँगको सम्पर्क विच्छेद हुन पुगेको थियो ।

सो विमान स्थानीय समयअनुसार विहान ३ बजेतिर कायरोमा अवतरण गर्नुपर्ने थियो । इजिप्टेली वायुसेवाले थप जानकारी पाए लगत्तै विमानको अवस्थाबारे जानकारी गराइने बताएको छ ।

सो विमान इजिप्टको करिब १० माइल हवाइ क्षेत्रभित्र प्रवेश गरेलगत्तै हराएको थियो । विमान हराएलगत्तै खोजी तथा उद्धार कार्य सुरु गरिएको जनाइएको छ ।

विश्वभर विमानको अवस्थितिबारे जानकारी दिने फ्लाइटरेडार२४ डट कम वेबसाइटका अनुसार सो विमान एअरबस ३२० हो ।

(बीबीसीको सहयोगमा)