१७ कार्तिक २०८३, मंगलबार

गोंगबुमा गम्भीर सवारी दुर्घटना, चार जना घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौं, ६ जेठ । काठमाडौंको गोंगबुमा आज बिहान भएको सडक दुर्घटनामा चार जना घाइते भएका छन् ।

बिहान पौने ४ बजे बा १ ज २६९६ नम्बरको ट्याक्सी र बा ७३ प ७५५७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा ४ जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा मोटरसाईकल चालक गुल्मी घर भई हाल मित्रनगर बस्ने २३ वर्षीय केरसिंह बस्नेत, मोटरसाइकलमा पछाडि सवार २६ वर्षीय सुरज बस्नेत रहेका छन् । उनीहरुको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।

त्यसैगरी ट्याक्सी चालक गुल्मी घर भई हाल बसुन्धरा बस्ने २२ वर्षीय पदम काउछा र ट्याक्सीमा सवार बसुन्धराका सागर भुजेल समेत घाइते भएका छन् । उनीहरूको ग्राण्डी अस्पताल धापासीमा उपचार भइरहेको छ ।