१ कार्तिक २०८३, आइतबार

फेसन आइकनले देखाए ट्यालेन्ट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Taruni-Nepali-Sexy-Ladyकाठमाडौं । आगामी शनिबार अर्थात जेठ ८ गते राजधानीमा आयोजना हुने महिला तथा पुरुषहरूको सौन्दर्य प्रतियोगिता ‘नेपाल फेसन आइकन २०१६’का प्रतियोगीहरूले आफूमा रहेको प्रतिभा प्रस्तुत गरेका छन् ।

रनवे नेपालको आयोजना रहेको प्रतियोगिताको ट्यालेण्ट राउण्डअन्र्तगत उनीहरूले ट्यालेन्ट उपाधिका लागि आ–आफ्नो प्रतिभा देखाएका हुन् ।

अन्तर्राष्ट्रिय मोडलिङका बिभिन्न माध्यममा नेपालको प्रतिनिधित्व गराउन उत्कृष्ट मोडल खोज्ने उद्देश्य रहेको प्रतियोगिताको सबै प्रतिस्पर्धी युवा युवतीले नयाँ बानेश्वेरस्थित सेल्फडेभलपमेन्टमा आइतबार आयोजित ट्यालेण्ट शोमा आफूभित्र लुकेको प्रतिभा प्रदर्शन गरे ।

सहभागी प्रतियोगीले लोक तथा आधुनिक नृत्य, गायन प्रतिभा, अभिनय, वक्तत्वकला, उद्घोषण, चित्रकलालगायत विभिन्न बिधामा आफूमा रहेको प्रतिभा देखाएर निर्णायकको मन जित्ने प्रयास गरे ।

अभिनेता तथा मोडल प्रवेश गिरी, अन्तर्राष्ट्रिय मोडल दीपक घिमिरे, ‘रन वे मोडल २०१५’ बिजेता अनिश तामाङ, ‘मिष्टर नेपाल २०१६’ गणेश अग्रवाललगायत ट्यालेन्ट शोका निणार्यकमा रहेका थिए ।

बिभिन्न चरणको अडिसनबाट छानिएका २० युवा तथा २० युवती प्रतियोगिताको फाइनलमा उत्रिने तयारीमा छन् ।

ब्यक्तित्व बिकाश, रनवे नलेज, सेल्फ ड्रेसअप, फोटो शूट, सेलिब्रेटी गेष्ट क्लास (अभिनेता, अभिनेत्री तथा मोडल, भिडियो पर्सनबाट), पब्लिक स्पिकिङ, अन्तर्बार्ता, फोटो सेसनलगायतका विषयका बिभिन्न प्रशिक्षणबाट सबै प्रतियोगी अन्तिमस्पर्धाका लागि खारिएको रन वे नेपालकी सिइयो चाँदनी लामिछानेले जानकारी दिइन् ।

राजधानीको नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा अन्तिमस्पर्धा आयोजना हुने प्रतियोगितामा बिभिन्न दर्जन बिधामा बिजेता घोषणा गरिनेछ ।

प्रतियोगिताको शीर्ष बिजेताले चलचित्र, म्युजिक भिडियो अभिनय अफरका साथै स्वदेश तथा बिदेशमा आयोजना हुने बिभिन्न फेसन तथा मोडलिङ कार्यक्रममा सहभागिताको अवसर प्राप्त गर्नेछन् ।