१ कार्तिक २०८३, आइतबार

ससुरालाई पछिपार्दै ऐश्वर्या अगाडि पुगिन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Aishwarya-rai-bachchanमुम्बई । बलिउड नायिका ऐश्वर्या राय बच्चन उनकै पति अभिषेक बच्चनभन्दा धनी छिन् ।

सन् १९९४ मा विश्व सुन्दरी घोषित ऐश्वर्याले एउटा चलचित्रमा अभिनय गरेबापत ६ देखि १० करोड भारतीय रुपैयाँ पारिश्रमिक लिने गरेकी छन् ।

त्यस्तै विज्ञापन उनको आम्दानीको अर्को स्रोत हो । उनी विभिन्न ब्राण्डका उत्पादनको आधिकारिक प्रचार गर्द्छिन् ।

उनले नौ वर्षकै उमेरमा एउटा पेन्सिलको विज्ञापनमा अभिनय गरेकी थिइन् । उनले टाइटन, लोरियल, कोकाकोला, लेक्मे, फिलिप्स, पामोलिभ, लक्स लगायत कयौं कम्पनीको विज्ञापन गर्दै आएकी छन् ।

सन् २०१४/०१५ मा उनले ६ करोड २१ लाख रुपैयाँभन्दा बढी रकम विज्ञापनबाटै हासिल गरेकी थिइन् । हाल उनीसँग २३४ करोड रुपैयाँको सम्पत्ति रहेको बताइएको छ ।

ऐश्वर्यालाई चलचित्र ‘हम दिल दे चुके सनम’ र ‘देवदास’ का लागि उत्कृष्ट नायिकाको अवार्ड दिइएको थियो । – एजेन्सी