महेन्द्रनगर, ५ जेठ । कञ्चनपुरका विभिन्न पाँच विद्यार्थी संगठनहरुले सुदूरपश्चिम विश्वविद्यालयका रजिष्टार द्विजराज भट्टको पुत्ला दहन गरेका छन् ।
समाजिक सञ्जालमा पदीय मर्यादा विपरित काम गरेको बिरोधमा बुधबार यहाँका पाँच विद्यार्थी संगठनहरुले उनको पुत्ला दहन गरेका हुन् । नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ, एकिकृत नेकपा माओवादी निकट अखिल क्रान्तिकारी, राष्ट्रिय जनमोर्चा निकट अखिल छैटौँ, विप्लप माओवादी निकट क्रान्तिकारी र नयाँ शक्ति निकटका विद्यार्थी संगठनहरुले पुत्ला दहन गरेको अखिल क्रान्तिकारीका नेता बिरेन्द्रराज विष्टले जानकारी दिनुभयो ।
उहाँका अनुसार विश्वविद्यालय परिसरमा रजिष्टार भट्टको पुत्ला दहनका साथै उनको कार्यकक्षमा समेत अनिश्चितकालका लागि तालाबन्दी गरेका छन् ।
विद्यार्थी संगठनहरुले रजिष्टार भट्टको तिन दिनभित्र राजिनामाको समेत माग राख्दै प्रधानमन्त्री र सुदूरपश्चिम विश्वविद्यालयमा ज्ञापन पत्र समेत बुझाएका छन् । पदिय जिम्मेबारीको साटो एकिकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल
(प्रचण्ड), नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको सार्वजनिक बेईजती गरेको भन्दै विद्यार्थी संगठनहरु आक्रोसित भएका छन् ।
नेपाल विद्यार्थी संघका नेता केशव जोशीले सरकारले दिएको जिम्मेबारी बहन गर्नुको साटो उल्टै राजनितीमा लागेकाले रजिष्ट्रार भट्टले नैतिकताका आधारमा राजिनामा दिनुपर्नेमा बताउनुभयो । अहिले विद्यार्थीहरुले उनलाई चेतावनी स्वरुप पुत्ला दहन, तालाबन्दी गरिएको भन्दै उनले आगामी दिनमा आन्दोलन झन चर्किने चेतावनी दिनुभयो । विद्यार्थी संगठनहरुले उठाएका माग प्रति सरकार गम्भिर भए आन्दोलन चर्काउने समेत विद्यार्थी नेताहरुले चेतावनी दिएका छन् ।
यस अघि पनि रजिष्ट्रार भट्टको विषयलाई लिएर उक्त विद्यार्थी संगठनहरुले आ–आफ्नो फेसबुक मार्फत बिरोध जनाउदै आएका थिए । विद्यार्थी संगठनहरुले सुपका जनताको लामो त्याग र संघर्षबाट प्राप्त विश्वविद्यालय तुहाउने षडयन्त्र भएकाले सबैलाई यसबाट सचेत हुन समेत आग्रह गरेका छन् ।












प्रतिक्रिया