१७ कार्तिक २०८३, मंगलबार

तराईका जनताले लखेटेपछि भारु भत्ता खाएर मधेसवादी दल सिंहदरबार घेर्न आएः पौडेल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ramesh-Paudelजाजरकोट, ५ जेठ । युवा संघ नेपालका उपाध्यक्ष रमेश पौडेल ले भारतीय बिस्तारबादीको भत्ता खाएर सिंहदरबार र बालुवाटारमा नाटक मन्चन गर्नेहरु जनताबाट तिरस्कृत भएकाहरुको झुण्ड भएको बताउनुभएको छ ।

जाजरकोटको थल गाबिसमा युवासंघ नेपालको ८ अौ जिल्ला अधिवेशन समारोहको उद्घाटन गर्दै उहाँले जनजिविकामा असर गर्ने गरि मधेसबादी दलले आन्दोलन गर्न खोजे युवासंघ चुप लागेर नबस्ने चेतावनी दिनुभयो ।

नेपाली कांग्रेसले नेपाली राष्ट्रियता भारतमा समर्पण गर्न चाहेको पौडेलको आरोप थियो ।

अधिवेशनले दीपेन्द्र शाहीको अध्यक्षता मा २९ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको छ ।