पाँचथर, ५ जेठ । पाँचथरको सदरमुकाम फिदिम बजारमा सीसी क्यामेरा जडान सुरू गरिएको छ ।
बजारको सुरक्षाका लागि प्रहरीले सीसी क्यामेरा जडान सुरू गरिएको हो । प्रहरी र सामुदायिक प्रहरी सेवा केन्द्रको पहलमा सीसी क्यामेरा जडान गरिएको प्रहरी भनाइ छ ।
क्यामेरा जडान संसद बिकास कोष, उद्योग बाणिज्य संघ, स्थानीय राजनीतिक दल, जिल्लास्थित संघ सस्थाहरू उदोग व्यवसायी, नागरिक समाजको आर्थिक सहयोगमा १८ लाखको लागतमा बजारभित्र २८ बटा क्यामेरा जडान गरिनेछ ।
जडान गरिएका पुराना ८ वटासहित क्यामेरा मर्मत गरी २८ वटा जडान हुने प्रहरी प्रमुखले जानकारी दिए ।













प्रतिक्रिया