१७ कार्तिक २०८३, मंगलबार

सुप विश्वविद्यालयका रजिष्टार भट्टको राजीनामा माग

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Farwester-universityकञ्चनपुर, ४ जेठ । कञ्चनपुरका चार विद्यार्थी संगठनहरुद्वारा सुदूरपश्चिम विश्वविद्यालयका रजिष्ट्रार द्विजराज भट्टको राजीनामा माग गरेका छन् ।

नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ, एकीकृत नेकपा माओवादी निकट अखिल क्रान्तिकारी, विप्लव माओवादी निकट क्रान्तिकारी र राष्ट्रिय जनमोर्चा निकट अखिल छैटौँले सुदूरपश्चिम विश्वविद्यालयका रजिष्ट्रार द्विजराज भट्टको राजिनामा माग गरेका हुन् ।
मंगलबार महेन्द्रनगरमा चारै विद्यार्थी संगठनको संयुक्त बैठकले रजिष्ट्रार विश्वविद्यालयको भन्दा पनि पार्टीको कार्यकर्ता भएर प्रस्तुत भएको भन्दै राजिनामा माग्ने निर्णय गरेको नेवि संघका नेता केशव जोशीले जानकारी दिनुभयो ।
सुदूरपश्चिम विश्वविद्यालयका रजिष्ट्रार द्विजराज भट्टले समाजिक संञ्जाल फेसबुकमा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा र सत्तासाझेदार एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई अपमान गरेर पदिय मर्यादा विपरित स्टेटश लेखेर शिर्ष नेताहरुको बदनाम गर्ने काम गरेको भन्दै राजिनामाको माग गरिएको जोशीले बताउनुभयो ।

अखिल क्रान्तिकारीका नेता बिरेन्द्र विष्टले राजनीति गर्न इच्छा भए मैदानमा आउन समेत रजिष्ट्रार भट्टलाई चेतावनी दिनुभयो । पदिय मर्यादा विपरित अभिव्यक्ति दिएर हिडदै जानु निन्दनिय काम भएको विश्लेषण गरे । नेवि संघका अर्का नेता किशोर जोशीले रजिष्ट्रार भट्ट एमाले कोटा बाट आएपनि अब उनको ठाँउमा एमालेकै व्यक्ति आउनुतर भट्ट फेरिनुपर्ने बताउनुभयो ।

कुनै पनि व्यक्तिले आस्था राख्नु स्वभाविक भएको भन्दै आस्था भन्दा सिमा नाघेर अभिव्यक्ति दिनु निन्दनिय भएको समेत विद्यार्थी संगठनहरुले निश्कर्ष निकालेका छन् । यस अघि क्रान्तिकारीका नेता नवराज ऐर, विरेन्द्र विष्ट, भीम भट्ट,नेवि संघका नेता किशोर प्रशाद जोशी लगायतका विभिन्न संगठनका आबद्ध नेताहरुले फेस बुक मार्फत बिरोध जनाईसकेका थिए ।

आन्दोलनको पहिलो चरण अन्तरगत उपकुलपति मार्फत उनको राजिनामाको माग रहेको छ । यदी रजिष्ट्रार भट्ट नफेरिए कडा आन्दोलन गर्ने चेतावनी दिनुभयो । नेवि संघका नेता जोशीले उनलाई चिनियाँ एजेण्टको समेत संज्ञा दिएका छन् । फेसबुक मार्फत उनले चिनियाँ एजेण्टको संज्ञा दिएका थिए । शिर्ष नेताहरुको टिका टिप्पणी गर्नुभन्दा दिएको जिम्मेबारी ननिभाउने काम भएको समेत विद्यार्थी नेताहरुले विश्लेषण गरेका थिए ।

विद्यार्थी संगठनहरुले सुप विश्वविद्यालयलाई तुहाउन केही व्यक्तिहरुलाई लागि परेको भन्दै यसबाट समेत हुन समेत आग्रह गरेका छन् । माघमा नियुक्त भएका रजिष्ट्रार भट्ट अर्को माघ नपुग्दै यसरी विवादित देखिएका छन् । भट्टकै विषयलाई लिएर राजनितिक दलहरुमा समेत चर्चा चलिरहेको छ ।