१७ कार्तिक २०८३, मंगलबार

जलबायु कार्यक्रमले बाई गाविसलाई सुख्खाबाट बचायो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bajura– भोबिन्द्र शाह
बाजुरा, ४ जेठ । जलवायु परिवर्तंन अनुकुल कार्यक्रमको सानो सहयोगले गर्दा बाई गाविसका १, २ र ३ स्थानियहरु हर्षित भएका छन् । जलबायु परिवर्तन अनुकुल कार्याक्रम लागु हुँदा स्थानीयहरुले पहिलो रोजाइ नै बुका खोला सिंचाइ योजना नै रोजाईमा पारे ।

सिचाइ योजना लागु हुनु भन्दा पहिले परम्परा काल देखि नै सल्लाको पदालो अर्थात पाइप बनाएर पानी संञ्चालन गरी सिचाइ गरीरहेको बाइ गाविस ३ जेराका स्थानिय गोकर्ण शाहीले बताए । सल्लाको पदालो नै पटक पटक फेर्नु पर्ने समस्याका कारण बिचबिचमा बिग्री रहने भएकाले समुदायले निकै सास्ती बेहोर्नु पर्दा स्थानीयहरु निकै नै दुखदायी तुल्याइरहन्थ्यो बाई २ का गोरख बहादुर शाहीले बताए ।

कुलो बिग्रदा भत्कदा गाउलेहरुलाई निकै नै सास्ती हुन्ने भएपछि गाउलेहरुले दुई जना मोहीको ब्यबस्था गरेका थिए । जसको नेतृत्व पूर्व बद्रि शाही र बीरभान शाहीले कमान गरीरहेका थिए । कुलो मर्मतको जिम्मा मोहीले पाएपनि मर्मतका लागी गाउले परिचालन समेत मोहीले नै गर्ने गरेको स्थानीय दरिन्द्र बिकले बताए । राणाकालमा सिचाइ कुलो देवताले दिन दिएर सरकारको योजनामा गाडीएको भन्ने जनबिश्वास रहेकोस्थानीयहरु बताउछन ।

बि.स.२०७१ चैत्र २० गते सुरु भएको बुका खोला सिचाइ कुलो मर्मत योजनाले ८० हेक्टर खेतबारी सिचाइ भइरहेको मर्मत समितीका अध्यक्ष गोरख शाहीले जानकारी दिएका छन । करिब १ लाख ९३ हजार ८ सय ८३ रुपैया लागतमा निर्माण भएको उक्त सिचाइ कुलो मर्मत योजना लागु भएपछि खेतबारी सुख्खा खडेरीबाट बचेको स्थानीहरु निकै नै खुसी देखिन्छन । हाल कुलोमा नियमित पानी संञ्चालन भएछि तीन महिना सम्म खाद्यान्नका लागी खाद्य संस्थान धावन नपरेको स्थानीहरुको भनाइ रहेको छ ।