१७ कार्तिक २०८३, मंगलबार

चितुवाको छालासहित काठमाडौंमा एक पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Magar-chitwa-skinकाठमाडौँ, ४ जेठ । काठमाडौंको गंगबु बस्ने प्युठान नयाँगाउ–१ बस्ने ४८ बर्षीय भक्त बहादुर घर्ती मगरलाई प्रहरीले १ थान चितुवाको छाला सहित पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँ महानगरपालिका–२९ गंगबु मित्रनगगर स्थित उत्तम लमजुङ गेष्ट हाउसमा दुर्लभ बन्यजन्तु चितुवाको छाला बेचबिखन गर्न केही मनिस बसिरहेको भन्ने सूचना महानगरीय अपराध महाशाखामा प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले घर्तीमगरलाई सोमबार उक्त चितुवाको छाला सहित पक्राउ गरेको हो ।

प्रहरीले घर्ती मगरलाई आवश्यक अनुसन्धान एवं कारवाहीको लागि जिल्ला बन कार्यालय, हात्तिसार काठमाडौँमा बुझाएको छ ।