काठमाडौं । अन्तर्राष्ट्रिय फिल्म फेष्टिबलमा नेपालले पहिलो पटक आफ्नो उपस्थिति जनाउने भएको छ । अमेरिकाको क्यालफोर्नियामा जुलाई महिनाको अन्त्यतिर हुन गइरहेको फिल्म फेष्टिबलका लागि नेपालबाट पाँच वटा फिल्मले प्रतिस्पर्धा गर्न पाउने छन् ।
प्रतिस्पर्धाका लागि पहिलो चरणमा गणेश बेलवासेद्वारा निर्मित फिल्म ‘उहिले बाजेको पालामा’ र शिव कार्कीको ‘सत्यदीप’ छनौट भएका छन् ।
‘उहिले बाजेको पालामा’को ब्यानर ‘जी फाइभ ग्रुप डी फिल्मस् प्रालि’का शेयर होल्डरमध्ये प्रज्वल बस्नेत र लक्ष्मण पाण्डेले फिल्मको प्रतिनिधित्व गरेर क्यालफोर्निया जाने छन् । ‘सत्यदीप’बाट शरण गुरुङले प्रतिनिधित्व गर्ने व्यवस्थापनले जनाएको छ ।
‘उहिले बाजेको पालामा’ दुई घण्टा १२ मिनटलाई गणेश बेलवासले फिल्म फेष्टिभलका लागि ९० मिनटको बनाउँदैछन् । ‘अन्तर्राष्ट्रिय फिल्म फेष्टिभलमा सहभागी हुने भएपछि फिल्मलाई ९० मिनटमा झर्दैछु’, गणेशले भने, ‘मेरो फिल्मले अवार्ड जित्नेछ ।’
अन्तर्राष्ट्रिय फिल्म फेष्टिबलका लागि दीपक ओलीद्वारा निर्माण गरिएको ‘रोल्पा रोग’ले पनि स्थान पाउन सक्ने प्रवल सम्भावना रहेको छ । बाँकी फिल्म छनौट हुन सकेका छैनन् ।















प्रतिक्रिया