मोरङ, ३ जेठ । एकीकृत माओवादीको विभिन्न भूमिकामा रहेका करिव ५ दर्जन नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।
२३औं मदन–आश्रित स्मृति दिवसका आवसरमा एमाले मोरङले आयोजना गरेको कार्यक्रममा एमाओवादी जिल्ला कमिटी सदस्य दीपक ढकाल, वाईसीएल क्षेत्र नं ७ का अध्यक्ष द्वारिक रेग्मी, सचिव फिरोज आलम, क्षेत्र नं. ६ का अध्यक्ष शिवराम थन्दार, सचिव सद्दाम हुसेन, वैजनाथपुर गाउँ कमिटीका पार्टी सचिव थानेश्वर अधिकारी, बैष्णव युवा परिषद्का जिल्ला अध्यक्ष मनोज भट्टराई, अखिल क्रान्तिकारी मोरङका वरिष्ठ उपाध्यक्ष दीपेन्द्र मेहता लगायतका नेताहरु एमालेमा प्रवेश गरेका हुन ।
यस्तै पत्रकारहरु राजेशकुमार भगत, प्रतीक श्रेष्ठ र निखिल राउतपनि एमालेमा प्रवेश गरेका छन् । पार्टी प्रवेश गरेका मध्ये अधिकांश वाईसीएलका नेता कार्यकर्ता रहेका छन् ।
वाईसीएलवाट ठुलो संख्यामा एमाले प्रवेश गरेपछि आगामी जेठ ८ गते गर्ने भनिएको अधिवेशन अन्योलमा परेको बताइएको छ ।
एमाले प्रवेश गरेकाहरुलाई केन्द्रीय सदस्य जीवन घिमिरे, केन्द्रीय सल्लाहकार सदस्य गुरु वराल, मोरङ अध्यक्ष महेश रेग्मी, मोर्चा विभाग प्रमुख रुपेश खतिवडा लगायतले स्वागत गर्नु भएको थियो ।
पार्टी प्रवेश गरेकाहरुले कार्यक्रममा एनेकपा माओवादीवाट कम्युनिष्ट आन्दोलन संभव नभएको वताएका थिए ।












प्रतिक्रिया