१७ कार्तिक २०८३, मंगलबार

सुर्खेतको हर्रेमा बस दुर्घटना, १६ यात्र घाइते

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bus-Accident-in-sarankotसुर्खेत, ४ जेठ । सुर्खेत जिल्लामा खचाखच यात्रु बोकेको बस दुर्घटना हुँदा १६ यात्रु घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ ।

भेरीगंगा– ९ हर्रेमा सोमबार साँझ पौने ६ बजे ना ३ ख ४७३५ नम्बरको बस दुर्घटना हुँदा १६ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये भेरीगंगा नगरपालिका– १२ का भारत बस्याल, सोही ठाउँका लालबहादुर घर्ती र कल्पना परियारको अवस्था गम्भीर रहेको छ ।

घाइते सबैलाई ओम स्वस्तिक नर्सिङहोममा उपचारका लागि पठाइएको छ । दुर्घटनामा संलग्न बस र चाललाई सुर्खेत प्रहरीले नियन्त्रणमा लिएको छ ।