– जीवन डाँगी
रोल्पा, ३ जेठ । २३ औ मदन-आश्रित दिवस आज नेकपा एमाले जिल्ला कमिटी रोल्पाले पनि एक कार्यक्रमको आयोजना गरी मनाएको छ ।
तत्कालिन महासचिव जननेता मदन कुमार भण्डारी र सगंठन प्रमुख जीबराज आश्रितको आजैकै दिन २०५० जेष्ठ ३ गते दुर्घटनामा मृत्यु भएको थियो ।
कार्यक्रममा वोल्दै नेकपा एमाले का केन्द्रिय सदस्य तथा रोल्पा रुकुम ईन्चाज शेरबहादुर केसीले जननेता मदन कुमार भण्डारी र सगंठन प्रमुख जीबराज आश्रित आज नेपालीको सामु नभएपनि उहाँहरुले नेपाली जनताको लागी दिएको योगदानले सधै अविस्मरणीय रहने बताए ।












प्रतिक्रिया