१ कार्तिक २०८३, आइतबार

सोनाक्षीको स्वागतमा सेनाका जर्नेल काण्डमा दीपकराजले मुख खोले

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

deepak-raj-giri

काठमाडौं । चर्चित हास्य कलाकार एवं अभिनेता दीपकराज गिरीले बलिउड अभिनेत्री सोनाक्षी सिन्हाको स्वागतमा नेपाली सेनाका जर्नेल खटिएको विषयबारे मुख खोलेका छन् ।

समसामयिक विषयमा सामाजिक सञ्जाल फेसबुकबाटै आफ्ना धारणा व्यक्त गर्ने दीपकराजले सोमबार सेनाका कारण मनोबल नै चाँहि गिरेको छैन् भनेका छन् ।

उनले बलिउड हिरोइनलाई पाहुनासँग तुलना गर्दै पाहुनालाई सामान्य स्वागत गर्नलाई ठूलो विषय बनाउन नहुने आफ्नो स्पष्ट धारणा राखेका छन् ।

उनले भनेका छन्– सेनाले पोशाक लगाएर दाउद इब्राहिम (अण्डरवर्ल्ड डन)लाई स्वागत गरेको होइन् । आफ्नै नजिकको एउटा संस्थाले देशको विपतमा सहयोग गर्न निम्त्याएको पाहुना कलाकारलाई स्वागत गरेको हो । त्यो सम्मान सोनाक्षीलाई होइन् कला, साहित्यका पारखीलाई गरिएको हो ।’

उनले यसलाई एउटा पाहुनालाई गरिएको सम्मान हो र पाहुनालाई भगवान मान्ने हाम्रो पुरानो संस्कार नै सम्मान दिएको हिसाबले बुझ्नुपर्ने बताएका छन् । ‘यो एउटा पाहुनालाई गरिएको सम्मान हो र पाहुनालाई भगवान मान्ने हाम्रो पुरानो संस्कार छ । सोनाक्षीलाई ल्याउँदा ३१ तोपको सलामी दिएर जरसाबले स्यालुट ठोकेका छैनन्, सामान्य तबरले स्वागत मात्र गरेका हुन् ।’

उनले आजको यो घटनाले भविष्यमा सजक हुने पाठ सिकाएको भन्दै राज्य तहबाट धेरै चाँसो लिनुपर्ने कुनै कारण नभएको धारणा राखेका छन् । ‘भविष्यमा अलि सजक हुन चाँहि सकिन्छ तर, राज्य तहबाट नै यति धेरै चाँसो दिनु चाँहि हाम्रो नकारात्मक चिन्तनको परिचय हो,’ उनले लेखेका छन् ।

deepakraj-giri