१७ कार्तिक २०८३, मंगलबार

सिंहदरबार घेराउ गर्ने धर्नाकारीलाई ‘गुलकोज–पानी’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pani ra gulcoseकाठमाडौं, ३ जेठ । मधेसी मोर्चासहितका विभिन्न २९ राजनीतिक दल आबद्ध संघीय गठबन्धनले सुरू गरेको सिंहदरबार घेराउ कार्यक्रमलाई विभिन्न क्षेत्रबाट सहयोग भइरहेको छ ।

सहयोग गर्ने सूचीमा मधेसी युथ थिङ्क ट्याङ्क र मधेसी नागरिक समाज पनि थपिएको छ । मधेसी युथ थिङ्क ट्याङ्कका संयोजक डा.विनय पञ्जियारसहितका दुई दर्जन बढी युवाहरूले आइतबारको धर्नामा जारमा राखिएको सफा पिउने पानी र गुलकोज वितरण गरेका थिए ।

Binaya Panjiyar

‘आन्दोलनकारीलाई मानवीय भावनाले सेवा गर्न स्वच्छ पानी र गुलकोजको व्यवस्था गरेका हौँ’, डा.पञ्जियारले भन्नुभयो, ‘हुनमानस्थान र माइतीघर मण्डलाका सबै आन्दोलनकारीलाई सफा पानी र गुलकोज खुवाउने प्रयास थालेका छौँ ।’

राजधानीको अत्याधिक गर्मी र शरीरलाई आवश्यक पर्ने भिटामिनका लागि पानीमा गुलकोज मिसाएर धर्नाकारीलाई गुलकोज–पानी बोतलमा भर्दै दिँदै गरेको डा.पञ्जियारले बताउनुभयो ।

धर्नाको समयभरि यो समूहले पानी र गुलकोजको व्यवस्था गर्ने जनाएको छ ।