१७ कार्तिक २०८३, मंगलबार

पानी पिउन पाइन्न,स्कुल जान्न

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pani Water– योगेन्द्र योगी

संखुवासभा, ३ जेठ । तल अरुण नदी कलकल बगेको छ, सभा उसैगरी, माल्टा खोला र पाङमा खोलामा चिसो पानी बगेको छ तर दृश्य हेरेर तिर्खा नमेटिदो रहेछ एक बिद्यार्थी भने ।

कक्षाको पढाइ छाडेर पानीको जोहो गर्न निक्कै तलसम्म बोतल बोकेर हिड्न बाध्य छन हिमालय निमावि राम्चेका तीन चार सय बिद्यार्थी गत सालको भूकम्पपछि नजिकमा भएका कुवाको पानी सुक्यो त्यसैले आजभोली स्कुलमा थोपो पानी हुन्न बरु स्कुलै छोडने अबस्थामा बिद्यार्थी
पुगेको अबिभावक रमेश श्रेष्ठले बताए ।

पूर्वी पहाडी दुर्गम संखुवासभा जिल्लाको खादवारी नगरपालिका भित्रकै गाउँ राम्चेस्थित २०३९ सालमा स्थापना भएको हिमालय निम्न माध्यमिक
बिद्यालय सधै जसो राज्य र स्थानीय शिक्षा कार्यालयको सुविधाबाट ओझेलमै परिरहन्छ ।

न त कुनै राम्रो भवन छ, न त शौचालय, न खेल मैदानै छ। यो स्कुलको हविगत प्रायः सबैलाइ थाहा छ तर अहिलेसम्म कुनै सामाजिक संघ सस्थाको नजर पुगेको छ, न त कुनै दाता वा एनजिओ आइएनजिओको आँखा पगेको छ । ‘किताव कापी बोकेर हिड्नु पर्ने झोलामा पानीका बोतल बोक्दै स्कुल धाउनुको बिकल्प छैन बिद्यार्थीहरूको’, श्रेष्ठले भने ।

बिज्ञान प्रविधिले फड्को मारिसकेको उक्त स्कुलमा न टेलिफोनै छ न इन्टरनेट नै अहिलेसम्म कसैको पहुच पुग्न नसकेको श्रेष्ठको भनाइ छ ।

स्कुलमा कखरा सिकेका हजारौ बिद्यार्थी देशको विभिन्न सरकारी कार्यालयमा अधिकृत देखि बिश्वका कुना कुनामा पुगेका छन तर यो राम्चे स्कुललाइ सबैले सौताको छोरालाई झै वेवास्ता गरेको स्थानीय फडिन्द्र कार्कीले बताए ।