१७ कार्तिक २०८३, मंगलबार

आइतबार १० नेपालीसहित १७ आरोहीद्वारा सगरमाथाको सफल आरोहण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mountain-himal-doctor

काठमाडौं, २ जेठ । आइतबार १० नेपाली र ७ विदेशी आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् ।

सगरमाथा आधार शिविरमा रहेको पर्यटन विभाग, पर्वतारोहण शाखाका प्रमुख ज्ञानेन्द्रकुमार श्रेष्ठका अनुसार गत वैशाख २९ गते बुधबारदेखि सुरु भएको पर्वतारोहणको आज पाँचौ दिनसम्म ६२ जना स्वदेशी तथा विदेशीले सगरमाथाको सफल आरोहण गरिसकेका छन् ।

हिजो शनिबार दुई नेपाली र एक क्यानाडेली नागरिक सगरमाथाको चुचुरामा पुगेका थिए । रासस