१७ कार्तिक २०८३, मंगलबार

उपरथीमा बढुवा भएका गिरीलाई प्रधानसेनापतिद्धारा दर्ज्यानी चिन्ह प्रदान

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sarad-kumar-Giri

काठमाडौं, २ जेठ । प्रधानसेनापति महारथी राजेन्द्र क्षत्रीले उपरथी दर्जामा पदोन्नती भएका सहायक रथी शरद कुमार गिरीलाई जंगी अड्डामा आयोजित एक विशेष समारोहका बीच उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

सहायक रथी गिरीलाई वैशाख ३० गतेको मन्त्रिपरिषद् बैठकले उपरथी दर्जामा बढुवा गर्ने निर्णय गरेको थियो । उनीसँगै सोही बैठकको निर्णय अनुसार महासेनानी ताराध्वज पाण्डे, विनोद पाण्डे, निरञ्जन कुमार श्रेष्ठ र अशोक सिग्देल समेत सहायक रथी दर्जामा बढुवा भएका थिए ।

मन्त्रिपरिषदको उक्त बैठकले उपरथी शरद कुमार गिरीलाई उपत्यका पृतना हेडक्वार्टरको जिम्मेवारी सम्हाल्ने गरी सोही पृतनाको पृतनापतिमा पदस्थापन समेत गरेको थियो ।

दर्ज्यानी चिन्ह पाएसँगै उपरथी गिरीले आजैदेखि उपत्यका पृतना हेडक्वार्टरको जिम्मेवारी सम्हालेका छन् ।