३१ आश्विन २०८३, शनिबार

नेपाली युवतीले दिल्लीमै महिला प्रहरी अफिसरलाई थप्पड हानिन् (भिडियोमा हेर्नुस्)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

indian-police-thappad-nepali-girl-1

काठमाडौं, २ जेठ । भारतको राजधानी दिल्लीमा एक नेपाली युवतीले भारतीय पुलिस फोर्सकी एक महिला अफिसरमाथि हात उठाएकी छिन् ।

भारतीय टेलिभिजन च्यानल पञ्जाब केसरीले यो खबरको पुष्टि गर्दै तृप्ती नामकी नेपाली युवतीले दिल्लीकी महिला प्रहरी कास्टेबललाई थप्पड हानेको भिडियो समेत सार्वजनिक गरेको छ ।

थप्पड खाने महिला प्रहरी अफिसरको नाम खुलाइएको छैन् । समाचार अनुसार नेपाली युवतीको अटो (टेम्पु) वालासँग झगडा परेको थियो । ती अटोवाला तृप्तीलाई लिएर प्रहरी चौकी गए । त्यहाँ पनि विवाद भएपछि तृप्तीले भारतीय प्रहरीकी महिला अफिसरमाथि हात उठाएकी हुन् ।

उनले मदिरा पिएको अनुमान गरिएको छ । उनलाई अहिले मेडिकल चेकजाँचका लागि अस्पताल लगिएको छ । रिपोर्ट आएपछि कारवाही प्रक्रिया अगाडि बढाइनेछ ।

भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुस्ः

नेपाली युवतीले दिल्लीमै भारतीय महिलालाई थप्पड हानिन् -भिडियो

indian-police-thappad-nepali-girl