१७ कार्तिक २०८३, मंगलबार

कीर्तिपुरको जिलोडा गाउँमा प्रहरीमाथि सांघातिक हमला, दुईजना प्रहरी घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

डडेल्धुरा, २ जेठ ।  डडेल्धुराको जिल्ला कारागारबाट गाउँले बीच भएको झगडा मिलाउन गएका प्रहरीलाई हँसिया प्रहार गरी साङ्घातिक आक्रमण गरिएको छ ।

शनिबार बेलुका गाउँले बीच भएको झगडालाई शान्त गर्न अमरगढी नगरपालिका–५ कीर्तिपुर बजार नजिक पर्ने जिलोडा गाउँमा पुगेका प्रहरीमाथि झगडालुले हँसिया प्रहार गरी दुईजना प्रहरीलाई घाइते बनाएको हो ।

झगडा शान्त गर्ने क्रममा जिलोडा गाउँमा पुगेका प्रहरी हवल्दार जगदीश पन्त र प्रहरी जवान पदम बोगटीमाथि हँसिया प्रहार गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराले जनाएको छ ।

गाउँलेसँग विवाद गरिरहेको जिलोडा गाउँका ४० वर्षीया धने ताम्राकारले प्रहरीलाई हँसियाले साङ्घातिक हमला गरेको घाइते भएका हवल्दार पन्तले बताए। हवल्दार पन्तको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भइरहेको छ भने हातमा गहिरो घाउ भएका जवान बोगटीलाई थप उपचारका लागि नेपालगन्ज अस्पतालमा पठाइएको उपक्षेत्रीय अस्पतालले जनाएको छ ।

हँसिया प्रहार गर्ने ताम्राकारलाई जिल्ला प्रहरीले हिरासतमा लिएको छ । घटनाको छानबिन गरी कानुन बमोजिमको कारबाही गरिने जिल्ला प्रहरी कार्यालय, डडेल्धुराले जनाएको छ । रासस