– अनिल खत्री
गुल्मी । गुल्मीको एक कार्यक्रमका लागि अभिनेता राजेश हमाल आउने भएका छन् । गुल्मीको सदरमुकाम तम्घास निवासी दुबै मृगौला फेलभएर काठमाडौंमा उपचार गरारेका यमबहादुर रानाको सहयोगार्थ आयोजित साँस्कृतिक कार्यक्रममा हमाल आउँने भएका हुन् ।
गुल्मी रेसुङ्गा म्युजिक प्रालिले यहि आउँदो जेठ ८ गते शनिबार आयोजना गरेको कायक्रममा हमालसहित नेपालका चर्चित कलाकारहरु गुल्मीको सदरमुकाम तम्घास आउने भएका छन् । कार्यक्रमको अबसरमा खुल्ल नृत्य प्रतियोगित समेत राखिएको छ ।
कार्यक्रममा लोक तथा दोहोरी गायक शिव हमाल, गायिका मञ्जु पौडेल, गायक सन्तु थापा, गायिक निर्मला थापा, जिउँदो सर्प नचाउने सागर पाण्डेय लगायतका कलाकारहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।
नृत्य प्रतियोगितामा प्रथम हुनेलाई रु १० हजार द्वितीय हुनेलाई रु ६ हजार तृतीया हुनेलाई रु ४ हजार र सान्त्वना हुनेलाई रु २ हजार प्रदान गरिने गुल्मी रेसुङ्गा म्युजिक प्रालिका व्यवस्थापक सन्तु थापाले जानकारी दिनुभयो ।
दुबै मृगौला फेलभएर उपचारको क्रममा आर्थिक अभावमा उपचार गराइरहेका रानाको उपचारमा थप सहयोग प्रदान गर्ने उदेश्यले उक्त कार्यक्रम आयोजना गरिएको व्यवस्थापक थापाले जानकारी दिए ।















प्रतिक्रिया