१ कार्तिक २०८३, आइतबार

दाङमा डी.आई.डी. प्रतिस्पर्धा सुरू, विजेताले एक लाख पाउने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

DID Dangदाङ । दाङको घोराहीमा डी टेन ईन्टरटेन्मेन्टले आयोजना गर्न लागेको प्रतिस्पर्धात्मक नृत्य बिधाको भिडन्त मध्यपश्चिमाञ्चल स्तरीय नृत्य प्रतियोगिता डान्स आइकन दाङ (डी.आई.डी)कार्यक्रमको मोटरसाइकल -यालीसहित सुरु भएको छ ।

शनिबारदेखि सुरू भएको कार्यक्रममा कलाकार मथुराप्रसाद क्षेष्ठ, चलचित्रकर्मी कल्पना श्रेष्ठ, पाण्डवेश्वरी यातायात प्रा.लिका अध्यक्ष सरोज शाह, पाण्डवेश्वरी यातायात प्रा.लिका उपाध्यक्ष तथा युवा समाजसेवी केशव नेपाली (केशर दाङ), नाई नभन्नु ल ४ कि बालकलाकार याँङ्सु श्रेष्ठले डान्स आईकन दाङकि दूत लोसिना लामिछानेले संयुक्तरुपमा डी.आई.डी)को ब्यानर अभियान श्रीधर न्यौपानेलाई हस्तान्तरण गरेका हुन् ।

करीब ५ महिनासम्म चल्ने नृत्य प्रतिस्पर्धा औपचारिक रुपमा उद्घाटन गर्दे प्रमुख अतिथि समेत रहेका मथुराप्रसाद श्रेष्ठले कार्यक्रमको सफलताको कामना गरे ।

पाण्डवेश्वरी यातायात प्रा.लिका उपाध्यक्ष तथा युवा समाजसेवी केशव नेपाली (केशर दाङ)ले कलाक्षेत्रका यस्ता अभियानहरूले जिल्लालाई चिनाउन ठूलो सहयोग गर्ने बताए । उनले सांगीतक कार्यक्रम समय समय गर्नुपर्ने बताउँदै कर्याक्रम सफलताको शुभकामना दिए । उनले डी.आई.डी.लाई संस्थागत तथा व्यक्तिगत समेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

घोराहीको शहिद गेटबाट उल्लेख संख्यामा रहेका युवाहरूको मोटरसाईकलको -यालीले तुलसीपुर चोक, दामोदर चोक, सैनिक व्यारेक, मदरशा रोड, नेपाल टेलिकम रोड, गणेश मन्दिर, नीमा हल रोड, ट्राफिक चोक, जिल्ला विकास समिति रोड, नेपाल पत्रकार महासंघ हुँदै तुलसीपुर चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

प्रतिस्पर्धा सुर्खेत, नेपालगंज, सल्यान, प्यूठान र दाङमा प्रारम्भीक चरणका अडिसनहरू संचालन हुने छन् ।

प्रतिस्पर्धामा प्रथम हुनेले नगद रु. १ लाख ११ हजार एकसय एक रुपैयाँ पाउने छन् । ५ वटा म्युजिक भिडियोहरुमा मोडलिङ्ग गर्ने अवसरका साथै विभिन्न उपहार पनि दिइनेछ ।