दाङ, २ जेठ । दाङ जिल्लामा सिमेन्ट उद्योगको ट्यांकरको ठक्करबाट एक बालकको मृत्यु भएको छ । ट्यांकरको ठक्करबाट दुई बालिक घाइते भएका छन् ।
घोराही नगरपालिका वडा नम्वर ७ बाह्रकुनेस्थित खेतुलाल बिकको घरमा ट्यांकर ठोक्किदा साढे दुई वर्षीय बालक साहिल बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
दाङ जिल्लामा सिमेन्ट उद्योगहरूका सवारी साधन अनियन्त्रत भइ तीव्र गतिमा चल्ने गरेको छन् । ती सवारी साधनले दाङमा थुप्रै दुर्घटना बढाइ सकेका छन् । तर स्थानीय प्रशासनले त्यसलाई नियन्त्रण गर्नेतर्फ कुनै ध्यान दिएको छैन ।
प्रहरीका अनुसार रा १ क १६३ नम्वरको पानी ट्यांकर घरमा ठोक्किदा ९ वर्षीया बालिका सीमा बिक र ७ वर्षीया बालिका सुन्तली बिक घाइते भएका छन् ।
घाइते दुबै बालिकाको कोहोलपुरमा उपचार भइरहेको छ । प्रहरीले ट्यांकर र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ ।












प्रतिक्रिया