काठमाडौं, १ जेठ । सरकार ढाल्ने प्रयासमा गतिविधि गरेको आरोपमा फिर्ता बोलाइएका भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय आइतबार (भोलि) स्वदेश फिर्ता आउने भएका छन् ।
परराष्ट्र मन्त्रालयले पठाएको आधिकारीक पत्र प्राप्त भएपछि राजदूत उपाध्याय सोमबार फर्कन लागेका हुन् ।
कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रदीप पराजुलीका अनुसार सोमबार दिउँसो १२ बजे नेपाल एयरलाइन्सको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने कार्यक्रम छ ।
राजदूत उपाध्यायले विमानस्थलमै पत्रकार सम्मेलन गर्ने कार्यक्रम समेत तय भइसकेको छ ।













प्रतिक्रिया