१७ कार्तिक २०८३, मंगलबार

चुरेभावर राष्ट्रिय पार्टीद्वारा संघीय गठबन्धनविरुद्ध प्रतिकार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर
काठमाडौं, १ जेठ । चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालले संघीय गठबन्धनको राजधानी केन्द्रित आन्दोलनको विरोध गर्दै राजधानीमा विरोध प्रदर्शन गरेको छ ।

संघीय गठबन्धनले शान्तिबाटिका रत्नपार्कमा विरोध र्याली निकालिरहेका बेला चुरेभावर पार्टीले आज नयाँबानेश्वर चौकमा विरोध सभा गरेको हो । सभालाई सम्बोधन गर्दै चुरेभावर पार्टीका अध्यक्ष बद्रीप्रसाद न्यौपानेले राष्ट्र र राष्ट्रियता तथा जनताविरुद्ध हुने कुनै पनि प्रकारको आन्दोलनविरुद्ध आफूहरू डटेर सामना गर्ने बताउनुभयो ।

‘मुलुकलाई द्वन्द्वमा पुगाउने भनेर अभिव्यक्ति दिने केही नेताहरूका कारण जनताले सास्ती पाइरहेका छन्’, अध्यक्ष न्यौपानेले भन्नुभयो, ‘जनतालाई कुनै पनि प्रकारको दुःख दिइए त्यसको जनताले आफै प्रतिकार गर्नुपर्छ ।’

नयाँबानेश्वर चौकमा भएको विरोध सभामा उल्लेख नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

ललितपुरको लगनखेलमा शुक्रबार गोप्य कार्यकर्ता प्रशिक्षण कार्यक्रम गरेको चुरेभावर पार्टीले यसअघि पनि तराईमा जारी मधेसी मोर्चाको आन्दोलनलाई विथोलिदिएको थियो ।