१७ कार्तिक २०८३, मंगलबार

प्रहरीको अगुवाइमा फिदिम नगरमा सफाई अभियान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– कृष्ण ओझा
पाँचथर, १ जेठ । जिल्ला प्रहरी कार्यालय पाँचथरको अगुवाइमा फिदिम नगरपालिकाको सहयोमा नगरपालिका सरसफाइ अभियान निरन्तर चलिरहेको छ ।

प्रत्येक शनिबार बिहान ७ बजे देखि ९ बजेसम्म बजारका टोलहरुमा सरसफाइ अभियान संचालन गरिदै आएको १२ औ हप्ता भएको छ । पाँचथर प्रहरी प्रमुख डीएसपी कृष्ण प्रसाद कोइरालाको सक्रियतामा अभियान गत फागुन १५ गतेदेखि सुरु भएको थियो ।

जिल्लाका संघ संस्थाहरुको उपस्थीतिमा सरसफाइ अभियान गरिदै आएको छ । सरसफाई गर्ने अभियान अन्तर्गत यो शनिबार फिदिम खेलमैदानको दक्षिणतर्फ रहेको सडकको दुबै तर्फका ढल तथा नाला सरसफाइमा बेल्चा चलाइरहेका डिएसपी कृष्ण प्रसाद कोइराला ब्यस्त देखिन्थे ।

त्यस्तै पाँचथरका खेल पारखी पासाङ तामाङ, दर्गा तामाङ, बजार टोल सरसफाई अभियानमा जुटेका थिए । सधै सफाईमा लागी रहने होटल ब्यबसाही बिमल श्रेष्ठ, यूवा ब्यसायी तथा समाज सेबि दिपक नेपाल, लगायतको सकृयता देखिदै आएको छ ।

अभियानमा फिदिम नगर भित्रका सबै एरीयामा पालै पालो स्थान छनौट गरी सोही ठाउका स्थानीयलाइ सहभागी गराइ अभियान संचालन गरीदै आएको छ ।

कतीपय टोलबासिहरु फोहोर, हिलोमा पसेर सफाइ गरीरहेका देखिन्थे भने कोही कम्बरमा हात लगाई रमीता हेर्नेहरु पनी थिए ।