१७ कार्तिक २०८३, मंगलबार

मुस्ताङ्गमा ट्याक्टर दुर्घटना, दुई जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Tractor-Accidentमुस्ताङ, १ जेठ । मुस्ताङ जिल्लामा आज बिहान ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

ठिङ्गरमा बिहान साढे २ बजे ग १ त १५२२ नम्बरको ट्याक्टर ग्यारेजबाट वेल्डिङ गरी ल्याउने क्रममा अनियन्त्रित भई बाटोबाट १० मिटर तल खस्दा २ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा ट्याक्टर धनी २८ वर्षीय वाङ्दी गुरुङ्ग र ट्याक्टरमा सवार १५ वर्षीय टासी गुरुङ्ग रहेका छन् । सोही दुर्घटनामा परी २३ वर्षीय झयाम्बो स्याम्बो गुरुङ्ग भने गम्भीर घाइते भएका छन् । घाइते गुरुङ्गलाई उपचारको लागि जिल्ला अस्पताल पठाइएको छ ।