धनकुटा, १ जेठ । धनकुटा जिल्लाको मूर्तिढुंगा–६ मा बारीको डिलबाट लडेर एक जनाको ज्यान गएको छ ।
मूर्तिढुंगा–६ का चेतबहादुर भण्डारीको घर नजिकको बारीमा काम गर्ने क्रममा डिलबाट लडेर ज्यान गएको हो ।
शुक्रबार बेलुका बारीको डिलबाट लडेर भण्डारीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
घटनाको जानकारी पाएपछि आवश्यक अनुसन्धानका लागि सिँधुवा प्रहरी चौकीबाट टोली खटाइएको धनकुटाका डिएसपी विमल बस्नेतले बताउनुभयो ।












प्रतिक्रिया