काठमाडौं, ३१ वैशाख । पूर्वाञ्चल विश्वविद्यालय हित तथा सरोकार समाजले आज व्यवस्थापिका संसदको महिला बालबालिका समितिका सभापति रन्जु ठाकुरलाई पूर्वान्चल विश्वविद्यालय केन्द्रिय कार्यालय स्थानान्तरण तथा ऐन परिवर्तनको लागि संसदमा औपचारिक प्रस्ताव दर्ता गराएको छ ।
विश्वविद्यालय सुधारका निम्ति विशेष संयन्त्र गठन गरी पछिल्लो समय गरिएका नियुक्तिहरु बदर गरिनुपर्ने, मोरङको गोठ गाउँमा मेडिकल कलेज सञ्चालन गरिनुपर्ने, दलीय आधारमा विश्वविद्यालयमा नियुक्ति बन्द गरिनुपर्ने भन्दै सरोकार समाज आन्दोलन गरिरहेको छ ।
आजको प्रस्ताव दर्ता गराउन अध्यक्ष सन्जिब रोकाहाको नेतृत्वमा अगुवा नागरिक सभापति ठाकुरको कार्यकक्षमा पुगेका थिए । यो प्रस्तावलाई आफूले गम्भिर रुपमा लिएको र आवश्यक प्रक्रिया अगाडि बढाउने सभापति ठाकुरले बताइन् ।












प्रतिक्रिया