१७ कार्तिक २०८३, मंगलबार

मकालुमा हिमालमा ज्यान गुमाएकाको शव काठमाडौ लगियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– योगेन्द्र योगी

संखुवासभा, ३१ वैशाख । मकालु हिमाल चढ्ने क्रममा मृत्यु भएका दुई जना गाईडको शव शुक्रबार काठमाडौ लगिएको छ । मृतकहरुको शव मकालुको हाईक्याम्पसम्म ल्याएर राजधानी लगिएको हो ।

मकालु चढ्ने क्रमम दुबै जनाको बुधबार बिहान ८ हजार ३ सय मिटरमा अक्सिजनकोकमी भएपछि ज्यान गएको थियो ।

मौसममा सुधार आएपछि शव हेलिकप्टर मार्फत लगिएको संखुवासभाका डीएसपी गौतमकुमार केसीले जानकारी दिए । मकालु ५ नुर्पु गाउँका ५१ बर्षीय लाक्पा शेर्पा र सोलुखम्बु जुबिङ १ का ३५ बर्षीय दावातेन्जी शेर्पाको बुधबार बिहान
सुतिरहेको अवश्थामा मृत्यु भएको थियो ।

उनीहरु थामसेर्कु ट्रेकिङ एजेन्सीबाट मकालु हिमाल आरोहणका लागि पुगेका थिए ।