काठमाडौं । नेपाली सिने क्षेत्रकी चर्चित नायिका गरिमा पन्तले विहे गरेकी छिन् ।
उनले बेल्जियमका नेपाली व्यवसायी हरि शर्मा थपलियासँग विवाह गरेकी हुन् । यसको जानकारी उनले सामाजिक सञ्जाल फेसबुकबाट दिएकी छिन् । उनले लामो स्टाटस र थुप्रै फोटोहरु समेत पोष्ट गरेकी छिन् ।
गरिमा विगत केही वर्षदेखि हरिसँग प्रेममा थिइन् । यता हरिको भने यो दोस्रो विवाह हो । उनले पहिला एउटी श्रीमती भित्र्याइसकेका छन् । गरिमा हरिकी दोस्रो श्रीमती बनेकी हुन् ।
सती प्रथामा बनेको फिल्म ‘झोला’ बाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार जित्न सफल नायिका पन्तले आफूले हरिसँग लगनगाँठो कसेको खुलाउँदै यो सुखद् पलमा आफू पढेको विद्यालयलाई ७ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता समेत गरेकी छिन् ।
विहीबार राति गरिमाले आफ्नो फेसबुकमा लेखेकी छिन्– ‘आदरणीय मान्यजन तथा मेरा शुभ चिन्त्तकज्युहरु, मेरो जीवनमा यहाँहरुको साथ, समर्थन र सद्भावले एउटा ठुलो सेतुको काम गरेको छ । तसर्थ म यहाँहरु प्रती आजिवन कृतज्ञता प्रकट गर्दछु । त्यसकारण मेरो जीवनको अर्थपूर्ण पाटाहरु यहाँहरु संग बाड्न पाउनु मैंंले आफ्नो सौभाग्य ठानेको छु । यसैक्रमा मेरो जीवन को ठुलो र अति नै महत्त्वपूर्ण पल यहाँहरुलाई जानकारी गराउदै हामी वैवाहिक जीवनमा बाधिएको अबगत गराउदछौ । यश सुभ अबसरमा हामी यो घोषणा गर्दछौ कि, जेहेन्दार तर गरिब बिद्यार्थीको सहयोगको निम्ति म आफैले प्राथमिक शिक्षा आर्जन गरेको सरस्वतीको मंन्दिर श्री मित्रता उच्च माबि र मेरो गाबिसस्थित श्री मर्रस्यङदी सामुदायिक बिद्या मन्दिर नि।मा।बि ।बिध्यालयमा मेरो पुजनिय बुबा इन्द्रबहादुर पन्त र पुजनिय आमा माया पन्त को संयुक्त नाममा सात लाख नेपाली रुपैयाँको गरिब र जेहन्दार विद्यार्थी सहायता अक्षय कोषू स्थापना गर्ने निर्णय गरेका छौ र सो रकम दुबै बिद्यालयमा आदि आदि हुने गरि हस्तान्तरण गर्ने घोषणा गर्दछौ । भबिष्मा पनि यहाँहरुको माया र सद्भाव र सुझाबहरु पाई राख्ने अपेक्षा गर्दछौं, धन्यवाद ।’
















प्रतिक्रिया