१ कार्तिक २०८३, आइतबार

सनी लियोनी ३५ वर्ष पुग्दा ८७ करोडको सम्पत्ति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sunnyमुम्बई । पोर्नस्टार एवम् बलिउड नायिका सनी लियोनी ३५ वर्षकी भएकी छिन् । पोर्न फिल्म खेलेर नाम र पैसा कमाएकी सनीको माग बढ्दो छ ।

उनले खेलेका अधिकांश बलिउड फिल्महरू हिट भएका छन् । ती फिल्महरूले राम्रो पैसा पनि कमाएका छन् । सनीले लेखेको ‘स्वीट ड्रिम्स’ नामक किताबले पनि राम्रो पैसा कमाएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

सनी लियोनी शुक्रबारबाट ३५ वर्ष पूरा गरेकी छिन् । उनको जन्म १३ मे १९८१ मा क्यानडाको ओन्टारियोमा भएको हो । सनी लियोनीले बलिउडको ४ वर्षको यात्रामा नाम र पैसा पनि कमाएकी छिन् ।

सनी लियोनीको एउटा फिल्मले ४ करोड रुपियाँसम्म कमाउने गरेका छन् । अहिले सनी लियोनीसँग ८७ करोड भारतीय रुपियाँ बराबरको सम्पत्ति रहेको जनाइएको छ ।

सनीलाई फिल्मको एक्टिंगका साथै कमाईका थुप्रै क्षेत्रबाट कमाउने गरेकी छिन् । सनीले पोर्न फिल्म खेल्न छाडिसकेकी छिन् । तर उनका पहिलेका पोर्न फिल्महरू अहिले पनि अत्याधिक बिक्री हुन्छन् । उनको एडल्ट वेबसाइटबाट पनि कमाइ हुने गरेको छ । – एजेन्सी