काठमाडौं, ३० वैशाख । प्रधानसेनापति राजेन्द्र क्षत्री र नेपाल भ्रमणमा आएका अमेरिकी जलसेना विभाग प्रमुख रे माबुसबीच भेटवार्ता भएको छ ।
सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार विहीबार जंगीमा क्षत्री र माबुसबीच शिष्टाचार भेटवार्ता भएको हो । भेटवार्तामा दुई देशका सेना प्रमुखबीच द्विपक्षीय सहयोग लगायत आपसी हितका विषयहरुमा छलफल भएको थियो ।
उक्त भेटपूर्व माबुसको सम्मानमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।
भेटमा नेपालका लागि अमेकिरी राजदूत अलाइना बी टेप्लिजको समेत उपस्थिती रहेको जनसम्पर्क निर्देशनालयले जनाएको छ ।












प्रतिक्रिया