१७ कार्तिक २०८३, मंगलबार

लामो खडेरीपछि धमाधम सुक्दै पोखरी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pokhari-at-Sankhuwasabha– योगेन्द्र योगी

संखुवासभा, ३० वैशाख । संखुवासभा, तेह्रथुम र ताप्लेजुङको संगमस्थल क्षेत्रमा रहेका दर्जनभन्दा बढी पोखरी सुकीसकेका छन् ।

बाँकी रहेका ताल र पोखरीमा समेत पानीको सतह एक तिहाइ घटेको छ । खडेरी र संरक्षण अभावले पर्यटकीय टीएमजे क्षेत्रका पोखरी र ताल सुक्न थालेका हुन् भने सिमसार क्षेत्रमा पानीको सतह घट्न थालेको हो ।

तीनजुरे क्षेत्रमा १० वर्षयता पर्याप्त हिमपात पनि हुन नसकेको कारण स्थानीयको भनाइ छ। लामो खडेरीले पानीको मुहान सुकेपछि र संरक्षणको अभावमा पोखरी र सिमसार क्षेत्र सुक्खा हुन थालेको स्थानीय राम लिम्बुले बताए ।

पाँचपोखरी,तीनजुरे टुटे देउरालीको पोखरी, भुल्केपोखरी लगायतका पोखरी सुकिसकेका छन् । तीनजुरे क्षेत्रलाई जोगाइराख्न तीनै जिल्लाले योजना ल्याउनुपर्ने स्थानीयबासीको भनाइ छ ।

समुद्री सतहबाट तीन हजार एक सय मिटरको उचाइमा रहेको तीनजुरे क्षेत्र गुराँसको राजधानीका रूपमा निकै परिचितको रहोको छ । ३ जिल्लाका २५ गाविसमा फैलिएको तीनजरे क्षेत्रमा विश्वमा पाइने ४२ मध्ये २८ प्रजातिका गुराँस पाइन्छन् ।

यस क्षेत्रमा रहेका गुफापोखरी, पाँचपोखरी, सभापोखरी लगायतका अन्य पोखीरी संरक्षणको पंखाईमा रहेका छन् ।