१७ कार्तिक २०८३, मंगलबार

अमेरिकी जलसेना विभाग प्रमुख नेपालमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

us-army-chief-welcomeकाठमाडौँ, २९ वैशाख । संयुक्त राज्य अमेरिकाको रक्षा मन्त्रालय अन्तर्गत जलसेना विभाग प्रमुख रे माबुस नेपालको तीनदिने औपचारिक भ्रमणको सिलसिलामा आज काठमाडौं आइपुग्नुभएको छ ।

भ्रमणको सिलसिलामा आजै उहाँले छाउनीस्थित ‘वीर स्मारक’ मा सहिदहरुप्रति पुष्पगुच्छा अर्पण गर्नुभयो ।

सोही अवसरमा प्रधान सेनापति राजेन्द्र क्षत्री र माबुसले गत वर्षको विनाशकारी भूकम्पपछि उद्धार कार्यमा सिन्धुपाल्चोक जिल्लामा खटिएका अमेरिकी सेनाको हेलिकप्टर दुर्घटनामा दिवङ्गत भएका नेपाली सेना, अमेरिकी सेना तथा गैरसैनिक नेपालीको सम्झनामा वीर स्मारक, छाउनी हाताभित्र नवनिर्मित स्मारकको संयुक्त रुपमा अनावरण गर्नुभयो ।

सो अवसरमा प्रधानसेनापति क्षत्रीले विनाशकारी भूकम्पको समयमा अमेरिकी सरकारबाट खोज तथा उद्धार कार्यमा पुर्याएको उच्चस्तरको सहयोगको सराहना गर्नुभई अमेरिकी सरकारप्रति कृतज्ञतासमेत व्यक्त गर्नुभयो ।

सो अवसरमा माबुसले विपद्को समयमा अमेरिकी सरकारको तर्फबाट नेपाली सेनालाई हरेक प्रकारको सहयोग गर्न अमेरिका तयार रहेको बताउनुभयो ।

नेपालका लागि अमेरिकी राजदूत अलाइना बी टेप्लिजले विनाशकारी भूकम्पको समयमा खोज तथा उद्धार कार्यमा खटिई दिवङ्गत भएका स्वदेशी एवम् विदेशी सैनिकलगायत गैरसैनिक नागरिकहरुप्रति सम्मान व्यक्त गर्नुभएको थियो । रासस